Google Lens बाट हेरौं दुनियाँ

हालै सम्पन्न भएको Google’s I/O Developer Conferenceमा गूगलका CEO सुन्दर पिचाइले नयाँ प्रविधिको घोषणा गरेका छन्, जसको नाम हो Google Lens. यस प्रविधिको मुख्य उदेश्य भनेको AI technology प्रयोग गरेर मोबाइल फोनको क्यामरालाई smart बनाउनु हो । गूगलको अनुसार अब smartphoneको क्यामराले तपाईले हेरेको कुरा मात्र देख्दैन, तपाईले हेरेको कुरा बुझेर थप के कारबाही गर्न सकिन्छ भनेर पनि सुझाव दिन्छ । Lens पुरानो Google Goggles को बिकसित संस्करण हो ।

Demo को दौरान गूगलले क्यामराले जे दृश्य देखाएको थियो त्यो के हो भनेर Lens ले बताउथ्यो । जस्तै फूल को दृश्य खिच्न लाग्दा कुन फूलको फोटो खिच्न लागेको हो भन्ने जानकारी लेन्सले दिन्थ्यो ।

अर्को उदाहरणमा पिचाइले Lens प्रयोग गरेर घरको Wifi मा सजिलै connect गर्न सकिने तरिका देखाए । जसको लागि सिर्फ routerमा भएको sticker को फोटो खिचे पुग्छ । त्यसपछि Google Lens ले Wifiको नाम र पासवर्ड पत्तो लगाउछ र तपाई सजिलै connect हुन सक्नुहुनेछ भनेर पिचाइले बताए ।

तेस्रो उदाहरणमा कुनै पसल वा होटेलको फोटो खिच्दा त्यो पसल वा होटेलको नाम, कुन स्तरको हो र अन्य विवरणहरु तुरुन्तै उपलब्द गराउन सक्छ भनेर देखाइयो ।



Google lens लाइ चाडैनै Google Assistant App मा समायोजन गरिने छ र Lens ले लेखिएको अक्षरहरु अनुबाद गर्न पनि सक्ने जानकारी गरियो । Googleले यो प्रबिधि कहिलेबाट उपलब्ध गराउछ भनेर मिति नतोके पनि चाडैनै आउने छ भनेर भनेको छ ।