बिगत केहि दशक देखि Google ले मानिसहरुलाई Computer Science र
Programmingमा सचेत गराउने काम गर्दै आइरहेकोमा आजको हाम्रो यस लेखमा Googleको
नयाँ प्रयासको बारेमा जानकारी दिदैछौ । Googleले हालसालै सुरुवात गरेको नयाँ
website Google CS Education बाट विभिन्न Programming Tools र अन्य आधारभूत स्रोतहरु
उपलब्ध गराएको छ ।
![]() |
| Google CS Education |
यो नयाँ website मुख्य ३ ओटा चरणमा केन्द्रित रहेको छ :
१. Computer Sceince
सिक्ने (Learn Computer Science)
२. शैक्षिक अवसरमा भाग
लिने (Participate in Academic Opportunities)
३. Careerको अवसरमा
पहुच (Access Career Opportunities)
Google CS Educationको मुख्य उदेश्य भनेको Computer Science लाइ सरल तरिकाले
सिकाउनु हो । जसलाई यी कुराहरु बच्चाले समेत सजिलै सिक्न सक्ने वातावरण होस् भन्ने
Googleले चाहन्छ ।
यो पेजमा दुवै विद्यार्थी र शिक्षकलाइ चाहिने सामाग्रीहरु उपलब्ध छन् ।
जसमा coding tools र technology हरु छन् । साथै यो portalमा Participate
in Academic Opportunities tab प्रयोग गरेर विभिन्न छात्रवृत्तिहरु पनि पाउन सकिन्छ ।
Access Career Opportunities tab प्रयोग गरेर Googleले आयोजना गर्ने
विभिन्न प्रतियोगिता र internshipsहरुमा भाग लिन सकिन्छ ।
यो one-stop place हो जसमा केहि प्रख्यात programहरु जस्तै Google’s
Made with Code, Code Jam, Doodle 4 Google, igniteCS र CS First सिक्न सकिन्छ ।
हामीलाई थाहा भएकै कुरा हो computer science ले नया अवसर खोज्न र आफ्नो नवीनतम
बिचारहरु लागु गर्न मद्दत गर्छ । यो नया CS Edu website बाट एकै ठाउँमा Googleको program हरु
प्रयोग गर्न र सिक्न सकिन्छ ।

